काठमाडौँ । नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई दोस्रो एकदिवसीय खेलमा १४५ रनको फराकिलो जित हात पारेको छ ।
दुबईस्थित आईसीसी एकेडेमी ओभल मैदानमा शनिबार टस जितेर ब्याटिङ गर्दै नेपालले दिएको २४३ रनको लक्ष्य पछ्याउने क्रममा यूएईले १९.३ ओभरमा सबै विकेट गुमाउँदै ९७ रन मात्रै बनाउन सक्यो ।
यूएईको ब्याटिङलाई धराशयी बनाउने क्रममा नेपालका सोमपाल कामीले ५ र सन्दीप लामिछानेले ४ विकेट लिए।
सोमपालले ६.३ ओभर बलिङ गर्दै ५ विकेट लिए। उनले १ ओभर मेडन राख्दै ३३ रन खर्चिए। यस्तै सन्दीप लामिछानेले आफ्नो दोस्रो ओभर मेडेन राख्दै सोही ओभरमा ३ विकेट लिए।
३ खेलको शृंखला नेपालको विजयपछि १/१ को बराबरीमा आएको छ । तेस्रो तथा अन्तिम खेल सोमबार हुनेछ ।



लाेकपाटी न्यूज

