हङकङ सिक्सेस : अस्ट्रेलियाविरुद्ध नेपालको शानदार जित

cricketi-pic
लोकपाटी न्यूज

काठमाडौं। हङकङ सिक्सेसको पूल ‘बी’को अन्तिम खेलमा नेपालले अस्ट्रेलियामाथि ११ रनको शानदार जित निकालेको छ। यो जितसँगै नेपाल पूल ‘बी’को विजेता बन्दै क्वाटरफाइनल प्रवेश गरेको छ।

शनिबार बिहान हङकङको मोङ कक मैदानमा टस हारेर सुरुमा ब्याटिङ गरेको नेपालले अस्ट्रेलियालाई ११२ रनको चुनौती दिएको थियो। अस्ट्रेलियाले सबै विकेट गुमाएर सय रन बनाएको हो।

अस्ट्रेलियाका लागि ज्याक उडले सर्वाधिक ५५ रन बनाए । नेपालका प्रतिश जिसीले तीन विकेट लिए । यस्तै लोकश बम र विबेक यादवले एक/एक विकेट लिए ।

त्यसअघि मिसन रोड ग्राउण्डमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित छ ओभरमा दुई विकेट गुमाएर एक सय ११ रन बनाएको थियो। नेपालका लागि कप्तान सन्दिप जोराले अविजित ५१ रन बनाएर रिटायर्ड भए। यस्तै लोकेश बमले ३३ रन बनाए। अस्ट्रेलियाका ज्याक उडले दुई विकेट लिए। यो जीतसँगै नेपाल समूह विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ।