२० औं हङकङ सिक्सेस क्रिकेट प्रतियोगीतामा नेपालद्वारा इन्ल्याण्ड पराजित

Nepal_VS_Enland-pic
लोकपाटी न्यूज

काठमाडौं । २० औं हङकङ सिक्सेस क्रिकेट प्रतियोगीतामा नेपालले इन्ल्याण्डलाई हराएको छ। नेपालले हङकङमा भइरहेको खेलमा शुक्रबार इंग्ल्यान्डमाथि ६ विकेटले हराएको हो।

प्रतियोगितामा पहिलो पटक सहभागिता भएको नेपालले ९८ रनको लक्ष्य पाएकोमा नेपालले ४.२ ओभरमा बिना कुनै विकेटको क्षति ९९ रन बनायो । नेपालले टस जितेर इंग्ल्यान्डलाई पहिले ब्याटिङको निम्तो दिएको थियो। इंग्ल्यान्डले ६ विकेट गुमाएर ९७ रन बनाएको थियो।

नेपालको जितमा कप्तान सन्दीप जोराले १२ बलमा ५० रन बनाए । उनको ब्याटबाट ४ चौका र ६ छक्का निस्केको थियो । लोकेश बमले ११ बलमा एक चौका र दुई छक्का २० रन बनाए ।

नेपाली बलरमध्ये विवेक यादव २ र प्रतिश जीसीले दुई विकेट लिएका थिए । त्यस्तै, नारायण जोशी र लोकेश बमको नाममा एक एक विकेट लिए । नेपाल प्रतियोगिताको समूह ‘बी’ मा रहेको छ । यस समूहको तेस्रो टिम अस्ट्रेलियासँग शनिबार नेपाल सामाना गर्ने छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्