Tag - कविता

साहित्य

दीपक थापाकाे कविता : आगमन

– दीपक थापा 
म झरिमा
रुझेका आँखाहरु झैं विक्षिप्त थिएँ
तिमी परेलीको डिलमा हेमलक झैं विषाक्त थियौ !
सुन्छु…, तिम्रो आवाज
सम्झन्छु म मेरो मौनता
तिमी सधैं तृप्त छौ…!
मेरो करुणाले सधैं मलाई बल्झाइरहन्छ
एउटा अप्रत्याशित...

बांकी पढ्नुहोस्
साहित्य

कविता : हाम्रो धरहरा

-अच्युत दाहाल
जब जब समय बितिरहेको थियो
हर दिन तथा रातहरु
पारम्परिक झोंकमा
कामना गरिरहेका थिएँ
हाम्रो धरहरा भनेर
पुनः ठ्डिएर नयाँ भएर आउनू
तर अनुभव थिएन
कुनै पनि रहर
नयाँ भएर आएका थिएनन्
जो पनि आउथ्यो
हात समातेर केही दिन...

बांकी पढ्नुहोस्
समाज

कविता : उहीँ तिम्रो मान्छे

कवि : अच्युत दाहाल
जसरी तिमीले
छोडेर गएका थियौ
खाँदाखाँदैको आधा गाँस
गोड्दागोड्दैको आधा पाखो
रुँदारुँदैको आधा आँसु
हो त्यहीँबाट
सम्बोधन गरिरहेछु तिमीलाई।
सायद
मेरो पत्र बोकी जाने विमान
हराई जाला धमिलो आकाशमा
मलाई छोएर जाने...

बांकी पढ्नुहोस्
समाज

कविता : बिक्रीमा स्वाभिमान

-अच्युत दाहाल
स्वाभिमान र मेहेनतले
पट्पटी फुटेको बाबुको ठेला
दुर्बल देख्ने तपाईंको आँखा पनि
रतन्दो लागेकै हो।
कुन खुन छ तपाईंसित जसले
अह्राइरहेछ गुलामी गर्न
र आफ्नै मेहेनतमाथि आफैँ
डिएनए परिक्षण गर्न?
तपाईंको चेतनाको वृत्त...

बांकी पढ्नुहोस्
स्वास्थ्य

देश पशुपतिनाथमा हाेइन, सेताेकाेटधारी भगवानकाे हातमा छ

डा.अच्युत शाली घिमिरे

महामारी कोरोनाको
त्रासहरुमा
इमेरजेन्सी वार्डका
भीडहरुमा
बिरामीका दुखाईहरुमा
हाकिमका थर्काईहरुमा
छिटो गरिदिनुस् न
भन्ने बिरामी आफन्तका
गुनासोहरुमा एउटा स्वास्थ्यकर्मी
हरतरह तैनाथ भईरहेको...

बांकी पढ्नुहोस्
कला-साहित्य

गजल

एकातिर मन अर्कोतिर शरीर लाग्छ
परदेशमा छु तर देशकै पीर लाग्छ ।
फराकिलो सडक र चिल्लो कार छैन
तर प्यारो आफ्नै पाखा भीर लाग्छ ।
हिमालको शीरबाट घाम झुल्किएको
सबैभन्दा सुन्दर त्यही तस्वीर लाग्छ।
अर्काको नुन खाइयो र त दुख...

बांकी पढ्नुहोस्
साहित्य

मनहरी क्षितिजका ५ कविता

एक – बिधवा सहर
प्रिय काठमाडौ
तिम्रो प्राकृतिक अस्मितामा
कामुक सिँगारका रङ्ग छरेर
अप्राकृतिक दाइजोमा थुक निलेका
महामहिमको एक लस्करले
प्रदेशीका केही थान आश्वासन पश्चात्
बिवाहा मन्डप बाटै तिमीलाई
बिधवा बनाइदिए।
दुई – ...

बांकी पढ्नुहोस्
साहित्य

वाह कमरेड ! (कविता)

– धर्मराज सुबेदी राजन
कमरेडको इतिहास न कसैले मेट्न सक्छ
कमरेडको उचाई न कसैले भेट्न सक्छ
कमरेड जाती हुनुहुन्छ, कहिलेकाहीँ हरामी हुनुहुन्छ
तर वाह ! कमरेड तपाईं दामी हुनुहुन्छ
आजकाल कमरेड आउँदा गाडी रोक्नुपर्छ रे
टक्क घुँडाले...

बांकी पढ्नुहोस्
साहित्य

मेडिकल विद्यार्थीलाई न्याय देऊ सरकार ! (कविता)

सरकार ! तिमी प्रलोभनशील र कच्चा हुनु हुँदैन
जन्म जन्मान्तरसम्म
सेवामुखी मृगतृष्णामा बाचिरहेछौं हामी
सरकार तिमी पैसा र शक्तिको
भुलभुलैयामा चक्कर मार्नु हुँदैन,
मिथ्याहरु एक पछि अर्को जन्मिँदै जानेछन्,
हामी शुन्य...

बांकी पढ्नुहोस्
साहित्य

एक्लिएको गाउँ (कविता)

– दिनेश भुसाल
सुनसान छ बस्ती
सुनसान छ वातावरण
रित्ता घरहरू, भत्किएका गोठहरु
चुहिएका मन्दिरहरु, बाँझिएका खेतहरु
थलिएका वृद्धहरु, थिचिएका मनहरु
बेसहारा गाउँ, टुहुरो गाउँ
पीँडाले भरिएको भकारी
एक्लिएको जीवन
हराएको चहलपहल
छैन...

बांकी पढ्नुहोस्