यूएईविरुद्ध नेपाल बलिङ गर्दै

लोकपाटी न्यूज

काठमाडौं। आईसीसी विश्वकप लिग-२ अन्तर्गत जारी प्रतियोगिताको तेस्रो खेलमा नेपालले यूएईविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ।

आज यूएईलाई हराउँदै नेपाल सिरिजमा दोस्रो जित निकाल्न चाहन्छ। पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई २ विकेटले हराएको थियो । तर, दोस्रो खेलमा नेपाल यूएईसँग ४८ रनले पराजित भएको थियो।

यता, यूएई सिरिजको आफ्नो अन्तिम खेलमा तेस्रो जितको खोजीमा रहेको छ। पहिलो खेलमा युएईले पीएनजीलाई ७ विकेटले हराएको थियो। दोस्रो खेलमा नेपाललाई हराएको यूएई पीएनजीसँग तेस्रो खेलमा ६ विकेटले पराजित भएको थियो।

यूएई र नेपाल एसोसियट राष्ट्रका चिरपरिचित प्रतिद्वन्दी हो। नेपाल र युएई एकदिवसीय अन्तराष्ट्रियमा ५ पटक आमनेसामने भएका छन्। जसमा नेपालले २ पटक जित्दा यूएई ३ पटक विजयी भएको छ।