नेपालको खराब शुरुआत

Gyanendra_Malla001
फाइल फोटो
लाेकपाटी न्यूज

काठमाडौं, ११ माघ । नेपाल घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई)सँग पहिलो एकदिवसीय क्रिकेट खेलिरहेको छ । जारी खेलमा नेपालले खराब शुरुआत गरेको छ ।

शुक्रबा दुबईस्थित आईसीसी क्रिकेट एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालले खेलको सुरुमै विकेट गुमाएको छ । नेपालले शून्य रनमै ओपनर तथा उपकप्तान ज्ञानेन्द्र मल्ललाई गुमाएको हो ।

उनलाई पहिलो ओभरको चौथो बलमा मोहमद नाभिदले क्याच आउट गरे । ज्ञानेन्द्र आउट भएपछि कप्तान पारस खड्का क्रिजमा उत्रिएका छन् । अहिले क्रिजमा विनोद भण्डारी र कप्तान खड्का छन् ।

त्यस्तै विनोद भण्डारी १४ बलमा ५ रन बनाएर पेभेलियन फर्केका छन् ।