गुल्मी, १५ साउन । गुल्मीको मुसिकोट नगरपालिकामा ज्वाइँले जेठानको हत्या गरेका छन्। मुसिकोट नगरपालिका–३ तोलादिको नौघाटमा ४५ वर्षीय लक्ष्मण कुमालले आफ्नै जेठान ४९ वर्षीय मतिलाल कुमालको हत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक दीपकुमार बस्नेतका अनुसार कुलोको पानी खेतमा लगाउने विषयमा विवाद बढ्दै जाँदा कुमालको हत्या भएको हो। जेठानको हत्या गरेपछि कुमाल आफैँ प्रहरी चौकीमा गएकाे प्रहरीले जनाएकाे छ ।
आफन्तले पानीको विवादका क्रममा झडप हुँदा हत्या भएको भनेका छन्। तर, प्रहरीले हत्याको कारण अरु नै हुन सक्ने अनुमान गरेको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



लाेकपाटी न्यूज

