काठमाडौं। त्रिकोणात्मक टी-२० सिरिजको फाइनल खेलमा नेपालले पीएनजीविरुद्ध १ सय रन पूरा गरेको छ। नेपालले १४.४ ओभरमा ५ विकेट गुमाएर १ सय रन पूरा गरेको हो।
नेपालले पीएनजीवरुद्धको फाइनल खेलमा आफ्नो पहिलो विकेटको रुपमा कुशल भुर्तेललाई २५, दोस्रो विकेटको रुपमा रोहित पौडेललाई २, तेस्रो विकेटको रुपमा आसिफ शेखलाई २९, चौथो विकेटको रुपमा आरिफ शेख र दीलिप नाथलाई शून्यशून्यको स्कोरमा गुमाएको हो।
यो समाचार तयार पार्दासम्म नेपालले १५ ओभरमा ५ विकेट गुमाएर १ सय ५ रन बनाएको छ। आज दुबै टोली उपाधि उचाल्ने योजनासहित मैदान उत्रनेछन्। नेपाल जारी सिरिजमा अपराजित रहदै फाइनल पुगेको हो। नेपालले ४ खेलमा ४ जित निकाल्दै शीर्ष स्थानमा रहेर फाइनल खेल्न लागेको हो।
नेपाल आज पीएनजीलाई हराएर एकदिवसीय सिरिजको बदला लिन चाहन्छ। पीएनजीले यस अघि नेपालविरुद्धको दुई खेलको एकदिवसीय सिरिज २-० ले क्लिनस्विप गरेको थियो।
पीएनजीले उपविजेताको रुपमा फाइनल खेल्न लागेको हो। पीएनजीले ४ खेलमा ३ हार र एक जित निकालेको थियो। ४ खेलमा १ जित जित र ३ हार व्यहोरेको मलेसियालाई नेट रनरेटमा पछि पार्दै पीएनजी फाइनल पुगेको हो।
नेपालको प्लेइङ -११ : कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, आदिल अन्सारी, दीलिप नाथ (विकेटकिपर) , करण केसी, सोमपाल कामी, अभिनाश बोहरा र सन्दीप लामिछाने (कप्तान)।



लोकपाटी न्यूज

