काठमाडौं। त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत नेपालले बिहीबार पपुवा न्युगिनी (पीएनजी) को सामना गर्दैछ। जारी सिरिजमा घरेलु टोली नेपालले तेस्रो खेल पीएनजीविरुद्ध खेल्न लागेको हो।
नेपाल र पीएनजीबीचको खेल आज १२.३० देखि टियू क्रिकेट मैदानमा सुरु हुनेछ। नेपाल आज पीएनजीलाई हराएर एक खेल अगाबै फाइनल पुग्न चाहन्छ। सिरिजको पहिलो खेलमा नेपालले पीएनजीलाई १५ रनले हराएको थियो। नेपाल उक्त जितलाई कायम गर्न चाहन्छ।
यस्तै नेपालले दोस्रो खेलमा बुधबार मलेसियालाई ६ विकेटले हराएको थियो। नेपाल २ खेलमा लगातार जितसहित ४ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा रहेको छ। पीएनजीले दुई खेलमा अंक जोड्न सकेको छैन। पीएनजी पुछारमा रहेको छ।



लोकपाटी न्यूज

