मलेसियाले दियो नेपाललाई सामान्य लक्ष्य

cricket-nepal pic
लोकपाटी न्यूज

काठमाडौं। नेपालले मलेसियाविरुद्धको खेल जित्न १ सय १५ रनको लक्ष्य पाएको छ। त्रिकोणात्मक टवान्टी २० शृंखलामा बुधबार टस जितेपछि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पहिला ब्याटिङ गर्ने निर्णय गरेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय १४ रनमात्र बनाउन सक्यो।

करण केसीले नेपाललाई उत्कृष्ट सुरुआत दिलाएका थिए। खेलको पहिलो बलमै करणले वीरनद्धिप सिंहलाई बोल्ड गरेका थिए। जुबाइदी जुल्किफले र कप्तान अहमद फैजले मलेसियाको इनिङस तान्ने प्रयास गरे पनि नेपाली बलरले कसिलो बलिङ प्रदर्शन गरेका थिए।

जुल्किफले १५ बल खेली ३ चौका र २ छक्का प्रहार गरी ३२ रन बनाए। उनलाई कुशल मल्लले बोल्ड गरे। फैजले ३८ बलमा ३ चौका प्रहार गरी २४ रन बनाए। सैयद अजिजले १४ र मोहम्मद अमिरले १६ रन बनाए।

कप्तान सन्दीप लामिछाने र करण केसीले २र२ विकेट लिए। सन्दीपले ४ ओभरमा २७ र र करणले ३ ओभरमा १६ रन खर्चे। दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा १ मेडन राख्दै १४ रन खर्चेर १ विकेट लिए। अविनाश बोहराले ४ ओभरमा २६ रन खर्चेर १ विकेट लिए।