काठमाडौं। चोनुबरी एफसीसँगकाे खेलको लागि नेपालले आफ्नो सुरुवाती ११ घोषणा गरेको छ। प्रशिक्षक अबदुल्लाह अल्मुताइरीले आज महत्वपूर्ण खेलाडीलाई विश्राम दिँदै सुरुआती ११ घोषणा गरेका हुन्।
नेपालको कप्तानी आज अनन्त तामाङले गर्नेछन। त्यस्तै, गोलकीपरको जिज्मा दीप कार्कीले पाएका छन्। सुमन अर्याल, आशिस लामा, प्रशान्त अवस्थी आक्रमणमा रहदा सन्तोष तामाङ, सुवास गुरुङ र एरिक विष्टले मिडफिल्ड बाट साथ दिने छन्।
त्यस्तै, डिफेन्समा नबिन गुरुङ, अनन्त तामाङ, दिनेश राजबंशी र गौतम श्रेष्ठ रहेका छन्। नेपाली राष्ट्रिय फुटबल टोलीले थाइल्याण्डको चोनब्री एफसीसँग खेल्दै छ। चोनबुरी त्यहाँको शीर्ष डिभिजन क्लब हो।
यस अघि थाइल्याण्डसँग मैत्रीपूर्ण खेलमा भने २-० ले पराजित भएको नेपाल आजको खेलमा जित निकाल्दै मैत्रीपूर्ण खेल टुंग्याउने लक्ष्यमा रहने छ।



लोकपाटी न्यूज

