काठमाडौं। एकदिवसीय सिरिजको दोस्रो खेलमा घरेलु टोली नेपालले पपुवा न्यूगिनी (पीएनजी)लाई २ सयय ७९ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट २ सय ७८ गुमाएर रन बनायो।
उसका लागि ब्याटर दीपेन्द्रसिंह ऐरीले शतकीय पारी खेले। उनले १ सय ४० बलमा सात चौकाको मद्दतमा १ सय ४ रन बनाए। त्यस्तै, देव खनाले पनि अर्धशतकीय पारी खेले। उनले ८६ बलमा चार चौका र तीन छक्काको मद्दतमा ७२ रन बनाए।
त्यस्तै, रोहितकुमार पौडेलले ३५, भीम शार्कीले २६ र कप्तान सन्दीप लामिछानेले २४ रनको योगदान दिए। पीएनजीका लागि बलिङमा एली नोले तीन, नर्मन भानुआले दुई, चाड सोपर र चार्ल्स अमिनीले एक/एक विकेट लिए।



लोकपाटी न्यूज

