काठमाडौं। एएफसी एसियन कप छनोटको तयारीमा रहेको नेपाली फुटबल टिम आज थाइल्यान्डको सामना गर्दैछ। नेपाल र थाइल्याण्डबीचको खेल साँझ ५ः४५ बजेदेखि सुरु हुनेछ।
थाइल्यान्ड नेपालको बलियो प्रतिस्पर्धी टोली हो। फिफा वरियतामा पनि थाइल्यान्ड नेपाल भन्दा माथि छ। वरियतामा ऊ ११२औँ र नेपाल १६७औँ स्थानमा रहेको छ। नेपालले थाइल्यान्डसँग तीन दशकपछि खेल खेल्न लागेको हो।
यसअघि नेपालले सन् १९८७ मा ओलम्पिक छनोट खेलेको थियो। त्यतिवेला नेपाल दुवै खेलमा ३/० र २/१ गोलले पराजित भएको थियो। सोमबार थाइल्यान्ड गएको नेपाली राष्ट्रिय फुटबल टोलीले त्यहाँ दुई दिन प्रशिक्षण गरेको छ। नेपाल चैत १३ गते थाइल्यान्डको शीर्ष क्लब चोनबुरी एफसीसँग पनि मैत्रीपूर्ण खेल खेल्नेछ।
नेपाली फुटबल टिम : किरण चेम्जोङ (कप्तान), टिकेन्द्र थापा, दीप कार्की, आशिष लामा, आयुष घलान, रोहित चन्द, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, प्रशान्त अवस्थी, नवीन गुरुङ, दर्शन गुरुङ, नितिन थापा, दीनेश राजवंशी, गौतम श्रेष्ठ, पुजन उपरकोटी, सन्तोष तामाङ, आकाश बुढामगर, सुमन अर्याल, सुमन लामा, सुदीप गुरुङ, सुरज ज्यू ठकुरी, तेज तामाङ र सुवास गुरुङ।



लोकपाटी न्यूज

