साफ च्याम्पियनसिपमा नेपालको खराब प्रदर्शन

लोकपाटी न्यूज

काठमाडौं। भारतमा जारी साफ यू-१८ साफ च्याम्पियनसिप अन्तर्गत नेपाली महिला फुटबल टिम आफूले खेलेको चारवटै खेलमा पराजित भयो। साफ च्याम्पियनसिपमा नेपाली टोली पहिलो खेलमा भारतविरुद्ध पराजित भएको थियो। सो खेलमा भारतले नेपालविरुद्ध ७ गोल प्रहार गरेको थियो भने नेपाल मात्र १ गोल गर्न सफल भयो।

त्यस्तै, दोस्रो खेलमा पनि नेपालले राम्रो प्रदर्शन गर्न सकेनन्। ऊ बंगलादेशविरुद्ध ४-२ गोल अन्तरले पराजित भयो ।सो खेलमा नेपालका लागि दीपा शाही र अमिसा कार्कीले गोल एकएक गोल गरेकी थिइन्। दोस्रो चरणमा नेपालले भारतलाई ५-१ गोलले नतिजा सुम्पिएको थियो। खेलमा नेपालका लागि सुदिपा भोलानले गोल गरेकी थिइन्।

यस्तै, बुधबार बंगलादेशविरूद्ध भएको चौथो तथा अन्तिम खेलमा अग्रता जोगाउन नसक्दा नेपाल पराजित भयो। नेपालले अमिसा कार्कीको गोलबाट सुरुवाती अग्रता लिएको थिया। तर, पछि नेपाल दुई गोल खान पुग्यो।

अब साफ यू-१८ साफ च्याम्पियनसिपको फाइनल टिमको टुंगो भने आयोजक टोली भारत र बंगलादेशबीचको अन्तिम खेलपछि लाग्नेछ। प्रतियोगितामा नेपालले चार खेलमा १८ गोल खादा ४ गोल गर्न सफल भयो।