पीएनजीविरुद्ध नेपालको खराब सुरुवात, सस्तैमा गुमायो पहिलो विकेट

लोकपाटी न्यूज

काठमाडौं। आईसीसी विश्वकप लिग–२ अन्तर्गत प्रतियोगिताको चौथो तथा अन्तिम खेलमा नेपालले पीएनजीविरुद्ध खराब सुरुवात गरेको छ। पीएनजीले दिएको १ सय ७४ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले पहिलो विकेटको रुपमा आसिफ शेखलाई २ रनमा गुमाउँदै खराब सुरुवात गरहेको छ ।

आसिफलाई मोरियाले क्लिन बोल्ड गरेका हुन् । यो समामाचार तयार पार्दासम्म नेपालले चार ओभरमा १ विकेट गुमाएर १५ रन बनाएको छ। पीएनजीले आज टस हारेर पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर १ सय ७३ रन बनायो।

उसका लागि कप्तान असद वालाले सर्वाधिक ४५ रन बनाए। त्यस्तै, लेगा सियाकाले २०, सेसे बाउले १९, नर्मन भानुआले १८, चार्ल्स अमिनीले १३ र चाड सोपरले अविजित २२ रनको योगदान दिए। नेपालका लागि बलिङमा कप्तान सन्दीप लामिछाने, सोमपाल कामीले २/२, करण केसी, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी र पवन सर्राफले एक/एक विकेट लिए।