पीएनजीविरुद्ध बलिङ गर्दै नेपाल

लोकपाटी न्यूज

काठमाडौं। आइसिसी विश्वकप लिग-२ अन्तर्गत यूएई र पपुवा न्युगिनीविरूद्धको त्रिकोणात्मक सिरिजमा पपुवा न्युगिनीविरूद्ध नेपालले पहिले बलिङ गर्ने भएको छ। दुबई अन्तर्राष्ट्रिय मैदानमा हुने खेलमा नेपालले टस जितेर बलिङ रोजेको हो।

नेपालले टिममा दुई परिवर्तन गरेको छ। आसिफ शेख टिममा फर्कदा भीम सार्कीले पनि मौका पाएका छन्। अघिल्लो खेल खेलेका ज्ञानेन्द्र मल्ल र विक्रम शोव टिममा छैनन्।

नेपाली टोली : कुशल भुर्तेल, आसिफ शेख, पवन सर्राफ, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आरिफ शेख, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, भीम सार्की र सन्दीप लामिछाने (कप्तान)।