नेपालले सस्तैमा गुमायो तीन विकेट

लोकपाटी न्यूज

काठमाडौं। आईसीसी विश्वकप लिग-२ अन्तर्गत प्रतियोगितको तेस्रा खेलमा यूएईले दिएको २ सय ३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले खराब सुरुवात गरेको छ। नेपालले तेस्रो ओभरमै तीन महत्वपूर्ण विकेट गुमाएर खराब सुरुवात गरेको हो।

नेपालले आफ्नो पहिलो विकेटको रुपमा कुशल भुेर्तललाई ५, दोस्रो विकेटको रुपमा दीपेन्द्रसिंह ऐरीलाई शून्य र तस्रो विकेटको रुपमा पवन सर्राफलाई २ रनमा गुमाएको हो।

यो समाचार तयार पार्दासम्म नेपालले ५ ओभरमा ३ विकेट गुमाएर १७ रन बनाएको छ। अहिले क्रिजमा रोहितकुमार पौडेल ८ र ज्ञानेन्द्र मल्ल २ रनमा अविजित ब्याटिङ गरिरहेका छन्।