काठमाडौं। आईसीसी विश्वकप लिग-२ अन्तर्गत प्रतियोगिताको दोस्रो खेलमा यूएईले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएउने क्रमममा नेपालले ५० रन पूरा गरेको छ। नेपालले १६ ओभरमा ३ विकेट गुमाएर ५० रन पूरा गरेको हो।
यूएईविरुद्ध नेपालले आज आफ्नो पहिलो विकेटको रुपमा कुशल भुर्तेललाई ११, दोस्रो विकेटको रुपमा आसिफ शेखलाई ७ र तेस्रो विकेटको रुपमा दीपेन्द्रसिंह ऐरीलाई ३ रनमा गुमाएको थियो।
नेपालका दुवै ओपनिङ ब्याट्सम्यान कुशल र आसिफलाई यूएईका फास्ट बलर जुनैद सिद्दिकीले आउट गरेका हुन् भने ऐरी चिराग सुरीको हातबाट रन आउट भएका हुन्।
यो समाचार तयार पार्दासम्म नेपालले १९ ओभरमा ३ विकेट गुमाएर ६७ रन बनाएको छ। अहिले क्रिजमा रोहितकुुमार पौडल २२ र ज्ञानेन्द्र मल्ल २० रनमा अविजित ब्याटिङ गरिरहेका छन्।



लोकपाटी न्यूज

