काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय प्रतियोगितामा नेपालले पपुवा न्युगिनी (पीएनजी)विरुद्ध टस हारेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)को शारजहाँमा नेपालले टस हारेसँगै बलिङ गर्नेछ।
पीएनजीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ। नेपाल पीएनजीलाई हराउँदै शृंखलामा सुखद् सुरूवात गर्न चाहन्छ। पीएनजी पनि नेपाललाई हराएर पहिलो जित निकाल्ने दाउमा छ।
नेपाल पहिलो पटक सन्दीप लामिछानेको कप्तानीमा एकदिवसीय खेल खेल्दै छ। नेपालले यसअघि पीएनजीविरुद्ध खेलेको दुवै एकदिवसीय आफ्नो पक्षमा पारेको छ।
शृंखलाअघि नेपालले श्रीलंकामा चार अभ्यास खेल खेलेको थियो। तीन खेल जित्दा एकमा हार व्यहोरेको छ। लिग-२ मा नेपालले आठ खेलमा आठ अंक जोडेर छैटौं स्थानमा छ। अंकविहीन पीएनजी १३ खेल खेल्दै पुछारमा छ।



लोकपाटी न्यूज

