काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीले थाइल्याण्डसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार नेपालले चैत दोस्रो साता थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको हो।
खेल मार्च २४ (चैत १०) मा थाइल्याण्डको चोन बुरीमा हुनेछ। त्यसपछि नेपालले मार्च २७ मा स्थानीय टिमसँग प्रतिस्पर्धा गर्ने एन्फाले जनाएको छ। स्थानीय चोन बुरी एफसीसँग नेपालले प्रतिस्पर्धा गर्नेछ।
फिफा वरीयतामा नेपाल १६७ औंं स्थानमा छ भने थाइल्यान्ड ११२औं स्थानमा छ। पछिल्लो पटक नेपाल र थाइल्याण्डबीच सन् २००८ मा प्रतिस्पर्धा भएको थियो। सो खेलमा नेपाललाई थाइल्याण्डले ७-० को फराकिलो अन्तरले पराजित गरेको थियो।



लोकपाटी न्यूज

