‘ए’ डिभिजन लिग : आजदेखि अन्तिम चरणका खेल सुरु हुँदै

लोकपाटी न्यूज

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आजदेखि अन्तिम चरणका खेल सुरु हुँदैछन्। १३औँ चरण अन्तर्गत दशरथ रङ्गशालामा आज हुने पहिलो खेलमा फ्रेन्ड्स क्लब र हिमालयन शेर्पा क्लब खेल्दैछन्।

यी दुई टिमबीचको खेल दिउँसो १ बजेदेखि सुरु हुनेछ। फ्रेन्ड्स १२ खेलमा १० अङ्कका साथ तालिकाकाे १२औँ स्थानमा छ। त्यस्तै, हिमालयन शेर्पा १२ खेलमा १३ अङ्क जोडेर दशौँ स्थानमा रहेको छ। त्यस्तै, आजै हुने दोस्रा खेलमा च्यासल युथ क्लब र सातदोबाटो युथ क्लब खेल्दैछन्। यी दुई टिमबीचको खल एक बजे सुरु हुनेछ।

सातदोबाटो १२ खेलमा १८ अङ्क जोडेर पाँचौँ स्थानमा छ। त्यस्तै, च्यासल १२ खेलमा ६ अङ्कका साथ तालिकाको पुछारमा छ। लिगको ११औँ चरणमा मच्छिन्द्र फुटबल क्लबले उपाधि जितिसकेको छ। १३औँ तथा अन्तिम चरणका ७ खेलसँगै लिग सकिनेछ।

भोलि जावलाखेल युथ क्लब र सङ्कटा क्लब तथा ‘ए’ डिभिजनबाट घटुवा भइसकेको ब्रिगेड ब्वाइज क्लब र थ्री स्टार खेल्नेछन्। लिगको अन्तिम दिन पर्सि तीन वटा खेल हुनेछन्।