नेपालले दियो हङकङलाई १०५ रनको लक्ष्य

लोकपाटी न्यूज

काठमाडौं। आईसीसी महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गत पहिलो खेलमा नेपालले हङकङलाई १०५ रनको लक्ष्य दिएको छ ।

दुबईस्थित आईसीसी एकेडेमी मैदानमा हङकङले टस जितेपछि पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ३ विकेट गुमाएर १०४ रन बनाएको हो ।

खराब सुरुवात गरेको नेपालका लागि सीता राना मगर र इन्दु बर्माले सम्हालिएर ब्याटिङ गरेका थिए । सीताले ४० तथा इन्दुले ३१ रन बनाइन् । हङकङका बेटी चान र क्यारी चानले एक एक विकेट लिए ।