काठमाडाैं। दोस्रो टी-२० अन्तर्राष्ट्रिय खेलमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले कतारलाई १ सय ३० रनको चुनौती दिएको छ । कतारको दोहामा बुधबार भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय २९ रन बनायो ।
नेपालका लागि कप्तान रुविना क्षेत्रीले ५० रनको योगदान दिइन् । उनले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक अर्धशतक प्रहार गरेकी हुन् । कविता कुँवरले ३१ रनको योगदान दिइन् । त्यस्तै अप्सरी बेगम २३ रन र कविता जोशी शुन्य रनमा अविजित रहे । कतारकी एन्जेलिनले दुई तथा एलिना, साची र सविजाले एक एक विकेट लिए ।
नेपाल आजको खेल जित्दै सिरिज कब्जा गर्ने लक्ष्यमा छ । नेपालले यसअघि मंगलबार भएको पहिलो खेलमा कतारलाई एक सय १९ रनले हराएको थियो । अन्तिम खेल बिहीबार हुनेछ ।



लोकपाटी न्यूज

