झापा मेयर कप भेट्रान्स फुटबलको फाइनलमा

लोकपाटी न्यूज

काठमाडौं । कप्तान भेषराज लिम्बू र श्यामकुमार लिम्बूले दोस्रो हाफमा गरेको गोलमा झापा भेट्रान्स क्लबले त्रिभुवन आर्मी भेट्रान्स क्लबलाई हराउँदै मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ ।

आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न पहिलो सेमिफाइनलमा झापाले भेषराजको गोलबाट ४७ औँ मिनेटमा अग्रता लिएको थियो भने अन्तिम मिनेटमा श्यामकुमारले अर्को गोल थपेपछि झापाले फाइनलमा स्थान पक्का गरेको हाे।

झापाले अब फाइनलमा एफडी खुमलटार र एसएनकेसीबीचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । खुमलटार र एसएनकेसीले आजै दोस्रो सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

खुमलटारले फ्रेन्ड्स क्लब भेट्रान्सलाई ५–० तथा एसएनकेसीले पोखरा–११ भेट्रान्सलाई ४–१ ले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो ।झापाले शुक्रबार चितवनलाई ४–० तथा आर्मीले भनिमण्डलाई ३–० ले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेका थिए ।