काठमाडौं । एएफसी यू-२३ एसियन कप छनोट अन्तर्गत समूह बी को दोस्रो खेलमा नेपालले आयोजक राष्ट्र ताजिकिस्तानसँग आज प्रतिस्पर्धा गर्ने भएकाे छ । दुसानबेस्थित रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुने साे खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ ।
आजको खेलमा घरेलु टोलीविरुद्ध अंक जोड्ने लक्ष्यसहित नेपाल मैदान उत्रिँदैछ । छनोटको पहिलो खेलमै नेपाल बलियो टोली इरानसँग ४-० ले पराजित भएको थियो । उक्त खेलमा पहिलो हाफमा नेपालले इरानलाई गोलरहित बराबरीमा रोके पनि दोस्रो हाफमा चार गोल बेहोरेको थियो ।
उता ताजिकिस्तानले आफ्नो पहिलो खेलमा लेबनानलाई १-० गोलले पराजित गरेको थियो । समूह बी मा इरान र ताजिकिस्तानको समान ३ अंक छ भने लेबनान र नेपाल अंकविहीन छन् । नेपालले छनोटअन्तर्गत समूहको अन्तिम खेल लेबनानसँग आइतबार खेल्नेछ ।



लोकपाटी न्यूज

