नयाँ बजार भलिबल च्याम्पियनसिपकाे क्वार्टरफाइनलमा

लोकपाटी न्यूज

काठमाडौं ।  राष्ट्रिय महिला तथा पुरुष एनभीए क्लब भलिबल च्याम्पियनसिपमा नयाँ बजार युवा क्लबले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा हराएको छ । जितसँगै नयाँ बजारले क्वार्टरफाइनलमा स्थान बनाएको हाे।

प्रतियोगितामा आफ्नो पहिलो खेलमा नयाँ बजारले कर्णाली प्रदेशलाई २५–१८, २५–१९, २५–२१ को सेटमा हराएको हो । कर्णालीको यो लगातार दोस्रो हार हो ।

पहिलो खेलमा कर्णाली विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग ३–० ले हारेको थियो । समूह ‘सी’बाट त्रिभुवन आर्मी र नयाँ बजारले क्वार्टरफाइनलमा स्थान बनाएका छन् ।

आजै समूह ‘बी’को खेलमा नेपाल पुलिस क्लबले लगातार दोस्रो जित निकाल्ने क्रममा कपिलवस्तुको मणीमुकुन्द भलिबल क्लबमाथि २५–१४, २५–१५, २५–१७ ले जित निकाल्यो । पुलिसले यसअघि पहिलो खेलमा दावाँली मिलन क्लबलाई हराएको थियो ।