ईपीएल टी–२० आजबाट शुरु, को–को भिड्दैछन् उद्घाटन खेलमा ?

cricket_pics
लोकपाटी न्यूज

असोज ९, काठमाडौं । एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट प्रतियोगिताको चौथो संस्कणको खेल आजदेखि शुरु हुने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सो खेल सुरू हुन लागेको हो ।

आज हुने उद्घाटन खेलमा ललितपुर प्याट्रिओट्स र काठमाडौं किंग्स–११ खेल्दै छन् । खेल नेपाली समय अनुसार १२ः१५ बजेदेखि शुरु हुने बताइएको छ।

असोज ९ देखि २३ गतेसम्म क्रिकेट मैदान टियुमा हुने इपिएल चौथो संस्करणको प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीले १४ दिनसम्म एकल राउन्ड रोविनअनुसार प्रतिस्पर्धा गर्ने छन् । राउन्ड रोविन लिगका शीर्ष चार टोली क्वालिफायर चरणमा छनोट हुनेछन् । पहिलो र दोस्रो स्थानबीचको विजेता सीधै फाइनलमा पुग्नेछ ।

यसपटकको ईपिएलका विजेताले ५० लाख र उपविजेताले १५ लाख पाउने आयोजकले जनाएको छ ।