काठमाडौं। शेयर बजारप्रति सर्वसाधरणको रुची र आकर्षण बढेपछि पछिल्लो समयमा डिम्याट खाता खोल्नेको संख्या उल्लेख्य रुपमा बढेको छ। वैशाख २० गतेसम्म डिम्याट खाता खोल्नेको संख्या ३५ लाख नाघेको छ।
पछिल्लो ढेढ महिना अर्थात चैत यता मात्रै साढे ३ लाख बढी डिम्याट खाताहरु थपिएका छन्। केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी) का अनुसार ०७७ वैशाख २० गतेसम्म डिम्याट खाता खोल्नेको संख्या ३५ लाख ९ हजार ८ सय ८२ पुगेको छ। गत फागुन २८ गते शुक्रबारसम्म डिम्याट खाता खोल्नेको संख्या ३१ लाख ५१ हजार २८९ रहेको थियो।
साथै आइपीओ निष्काशनको पाइपलाइनमा समेत नयाँ नयाँ कम्पनीहरु थपिँदै गएका छन्। यसले पनि शेयरप्रति सर्वसाधारणको रुची बढाएको छ । अहिले आइपीओमा आवेदन गर्नेको संख्या नै १८ लाख बढी छ। पछिल्लो चरणमा खुलेकामध्ये सबैभन्दा बढी ज्योति लाइफ इन्स्योरेन्सको आइपीओमा १८ लाख ४ हजार ६४८ जनाले आवेदन गरेका थिए।
पछिल्लो चरणमा दोस्रो बजारमा कारोबारका लागि करिब ६ लाख लगानीकर्ताले कारोबार खाता खोलिसकेका छन्। साथै साढे ३ लाख लगानीकर्ताले अनलाइन कारोबारका लागि टिएमएस समेत लिइसकेका छन्।



लोकपाटी न्यूज