पाँच सयले बढ्यो सुनको मूल्यमा

Gold
लोकपाटी न्यूज

काठमाडौं। लगातार उकालो लागेको सुनको मूल्य आज पनि वृद्धि भएको छ। तोलामा पाँच सयले वृद्धि हुँदा सुन हालसम्मकै महङ्गो हुन पुगेको छ।

अन्तर्राष्ट्रिय बजारमा भएको वृद्धिको प्रभाव स्थानीय बजारमा पर्दा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, बिहीबार प्रतितोला एक लाख ६० हजार सात सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ६१ हजार दुई सय निर्धारण भएको छ।

चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन। महासङ्घले चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ५५ मूल्य निर्धारण गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्