तोलामा चार सयले बढ्यो सुनको मूल्य

Gold
लोकपाटी न्यूज

काठमाडौं। स्थानीय बजारमा आज पहेँलो धातुको मूल्यमा समान्य वृद्धि भएको छ। लगातार ओरालो लाग्दै आएको सुनको मूल्य आज तोलामा चार सयले वृद्धि भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला एक लाख ६० हजार नौ सयमा कारोबार भएको छापावाला सुन आजका लागि प्रतितोला एक लाख ६१ हजार तीन सय निर्धारण भएको छ।

यस्तै, चाँदीको मूल्य प्रतितोला तीसले वृद्धि भएको छ। बिहीबार प्रतितोला एक हजार नौ सय ५० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने एक हजार नौ सय ८० निर्धारण भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्