काठमाडौं। कृषि विकास बैंकको सञ्चालकमा दीर्घराज मैनाली नियुक्त भएका छन्। मैनाली नेपाल सरकार अर्थमन्त्रालय, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको प्रतिनिधिको रुपमा बैंकको सञ्चालकमा नियुक्त भएका हुन्।
मैनालीलाई बैंकको चैत २२ गतेको सञ्चालक समितिको बैठकले पद तथा गोपनियताको शपथ ग्रहण गराएको छ। मैनाली अर्थमन्त्रालय अन्तर्गतको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको प्रमुख रहेका छन्।
चैत १६ गतेको नेपाल सरकार मन्त्रीस्तरिय बैठकले मैनालीलाई बैंकको सञ्चालकका लागि मनोनय गरेको बैंकले नेप्सेमा जारी गरेको सूचनामा उल्लेख छ।



लोकपाटी न्यूज