नेपाल दूरसञ्चार प्राधिकरणले नयाँ प्रवक्तामा सन्तोष पौडेल

लोकपाटी न्यूज

काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले नयाँ प्रवक्ता र सहप्रवक्ता नियुक्त गरेको छ। प्राधिकरणको प्रवक्ताको जिम्मेवारी सन्तोष पौडेललाई दिइएको छ। प्रवक्ताको जिम्मेवारी सम्हालिरहेका प्राधिकरणको स्तरीकरण महाशाखाका निर्देशक मीनप्रसाद अर्यालको ठाउँमा कानून तथा अनुमतिपत्र महाशाखाका निर्देशक सन्तोष पौडेललाई ल्याइएको हो।

पौडेल २१ वर्षदेखि प्राधिकरणमा कार्यरत छन्। यसैगरी, प्राधिकरणले सहप्रवक्ताको रुपमा पूर्वाधार विकास शाखाका उपनिर्देशक अच्युतानन्द मिश्रलाई नियुक्त गरिएको प्राधिकरणले जनाएको छ। मिश्रले यसअघि पनि सहप्रवक्ताको जिम्मेवारी सम्हालिसकेका छन्। दुवै जनाले आजबाटै नयाँ जिम्मेवारी सम्हालेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्