डिम्याट खाता खाेल्नेकाे स‌ंख्या ३० लाख नाघ्याे

लोकपाटी न्यूज

काठमाडाैँ। सर्वसाधारणबीच सेयर बजारमा देखिएको आकर्षणसँगै अहिले डिम्याट खाता खोल्नेको संख्या ३० लाख ६१ हजार नाघेको छ। पछिल्लो समय सेयर बजारमा सर्वसाधारणको आकर्षण बढ्दो छ। खासगरी निफ्राको साधारण सेयर पछि सर्वसाधारणबीच बजारमा सेयर भर्नेको चाप ह्वात्तै बढेको हो।

सेयर कारोबारको सम्पूर्ण लेखाजोखा राख्ने सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार शनिबारसम्म डिम्याट खाता खोल्नेको संख्या कुल ३० लाख ६१ हजार ६६८ पुगेको छ। सेयर बजारमा प्रवेश गर्न डिम्याट खाता अनिवार्य हुन्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्