काठमाडौं। निर्वाचन आयोगले आचारसंहिताबारे छलफल गर्न राजनीतिक दलहरुलाई आज आयोगमा बोलाएको छ। आइतबार बिहान ११ बजे राजनीतिक दललाई आयोगमा बोलाइएको हो।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गरिरहेका दलहरूलाई छलफलका लागि बोलाइएको हो। छलफलमा नेकपा, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राप्रपालगायत दल सहभागि हुने छन्।
आयोगले निर्वाचन सम्बन्धी आचारसंहिताको मस्यौदा बनाइसकेको र उक्त मस्यौदाबारे दलहरूसँग छलफल गर्न लागिएको श्रेष्ठले जानकारी दिए। प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरी बैशाख १७ र २७ गते निर्वाचन गर्ने घोषणा गरेका छन्। आयोगले सोही अनुसार तयारी थालेको छ।
तर राजनीतिक रूपमा विभाजित सत्तारूढ नेकपाको विवादमा भने आयोगले अझै निर्णय दिन सकेको छैन। उता प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च आदालतमा परेको मुद्दा भने विचाराधिन अवस्थामा छ।



लोकपाटी न्यूज

