पोखरा। कास्कीको शहरी चोक र गैह्रापाटक क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउपछि जिल्ला प्रशासन कार्यालयले कास्कीको ती क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले आइतबार एक सूचना जारी गर्दै प्रदर्शन, जुलुस, हुलदंगा, झडप आदिका कारण प्रतिकूल अवस्था सिर्जना हुनसक्ने भएकाले निषेधाज्ञा जारी गरेका हुन्। प्रमुख जिल्ला अधिकारी पाण्डेले यो निषेधाज्ञा आजदेखि अर्को सूचना जारी नभएसम्म लागू हुने जानकारी दिए।




लोकपाटी न्यूज
