भख्ररै मात्र आयोजना प्रभावित स्थानीयलाई आईपीओ निष्काशन गरेको चन्द्रागिरी हिल्स लिमिटेडले दोस्रो चरणमा सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्दैछ ।कम्पनीले पहिलो चरणमा ३ करोड ६ लाख रुपैयाँ बढीको आईपीओ निष्कासन गरेको थियो ।
अब दोस्रो चरणमा कम्पनीले यही पूस २४ गतेबाट १८ करोड ४० लाख ९१ हजार रुपैयाँ बराबरको १८ लाख ४० हजार ९१० कित्ता आइपीओ निष्काशन गर्ने छ । कम्पनीले जारी गर्न लागेको आइपीओ हालको चुक्ता पूँजीको १२ प्रतिशत बराबरको हो ।
आइपीओपछि कम्पनीको कुल चुक्ता पूँजी १ अर्ब ५३ करोड रुपैयाँ पुग्नेछ । कम्पनीले आगामी २ आर्थिक वर्षमा नेटवर्थ १०९.२४ र १२२.०७ पुग्ने प्रक्षेपण गरको छ ।
यस अघि कम्पनीको नेटवर्थ ०७३/७४ मा ९४.५२ ०७४/७५मा ९६.६३ ७५/७६ मा ९६.६९ र ७६/७७ मा ८४.८८ रहेको छ ।
कम्पनीले निष्काशन गर्न लागेको कुल शेयरमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता सामूहिक लगानीकोषहरुका लागि सुरक्षित गरेको छ। सर्वसाधारणले बाँकी १३ लाख ९६ हजार २२ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।
सो आइपीओमा छिटोमा पुस २८ गते र ढिलोमा माघ ९ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १३ हजार ९६० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर मार्फत आवेदन दिन सक्नेछन्।
इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी आईआर डबल बी रेटिङ्ग प्रदान गरेको छ। यसले मध्यम स्तरको क्रेडिट जोखिम भन्ने बुझाउँछ।
कम्पनीले यस अधि स्थानिय वासिन्दाहरुका लागि आईपीओ निष्काशन गरिसकेको छ।
कम्पनीले निष्काशन गर्न लागेको कुल शेयरमध्ये ४ प्रतिशत अर्थात् ६१ हजार ३६४ कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशत अर्थात् ७६ हजार ७०५ कित्ता सामूहिक लगानीकोषहरुका लागि सुरक्षित गरेको छ ।
सर्वसाधारणले बाँकी १३ लाख ९६ हजार २२ कित्ता शेयरका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । पुस आईपीओका लागि पुस २८ गतेदेखि माघ ९ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १३ हजार ९६० कित्तासम्मका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।



लोकपाटी न्यूज