हिमालयन डिष्टीलरी र साल्ट ट्रेडिङको शेयर मूल्य आइतवार बृद्धि

nepse
लोकपाटी न्यूज

काठमाडौं । हिमालयन डिष्टीलरी र साल्ट ट्रेडिङ कर्पोरेशनको शेयर मूल्य आइतवार १० प्रतिशतका दरले वृद्धि भएको छ । ती दुबै कम्पनीको शेयरमा विक्रेताभन्दा खरीदकर्ता अत्याधिक रहेकाले शेयर मूल्यमा वृद्धि भएको हो ।

हिमालयन डिष्टीलरी कम्पनीको ५० प्रतिशत बोनस शेयरको मूल्य समायोजन पछि नेप्सेले रू. ३ हजार ५२० तोकेको थियो । समायोजन पछिको कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।

यो समाचार तयार पार्दाको समय अपरान्ह १ स् ४० बजेसम्म कम्पनीको शेयर खरीद अर्डरमा ५३ हजार ३०१ कित्ता शेयर खरीद अर्डर रहेको छ भने विक्री अर्डरमा एउटा पनि छैन । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू‍‍. ३ हजार ८७२ पुगेको छ ।

त्यसैगरी साल्ट ट्रेडिङ कर्पोरेशन कम्पनीको शेयर मूल्य पनि १० प्रतिशतका दरले वृद्धि भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ६ हजार ९०९ पुगेको छ । उक्त अवधिसम्ममा खरीद अर्डर ६५० कित्ता र विक्री अर्डर १० कित्ता मात्र रहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्