कोरोना बिमावापत डेढ अर्ब बढि भुक्तानी

लोकपाटी न्यूज

काठमाडौं। पुष ९ गतेसम्म १५ हजार ३८१ जनाले कोरोना बीमा वापतको दावी भुक्तानी पाएका छन्।

उक्त अवधिमा बीमा भुक्तानीवापत एक अर्ब ५० करोड रुपैयाँभन्दा बढी भुक्तानी भइसकेको बीमा समितिले जनाएको छ।

दुई हजार ६८६ जनाको भुक्तानी प्रक्रियामै रहेको पनि समितिले जनाएको छ।

निजी प्रयोगशालामा गरिएको पीसीआर परीक्षणको नतिजा रुजु गराउन बीमा समितिले तीन हजार ५५५ फाइल स्वास्थ्य मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा पठाएको जनाएको छ।

अहिलेसम्म समितिले सात हजार ४४१ फाइल महाशाखा पठाएकोमा तीन हजार ८८६ फाइललाई भुक्तानी दिन अनुमति दिएको छ। समितिले थप ७४५ फाइल महाशाखा पठाउने तयारी गरिरहेको जनाएको छ।

बीमा समितिले भुक्तानीका लागि आवश्यक कागजपत्र पूरा नभएको भन्दै दुई हजार ५३ फाइल सम्बन्धित बीमा कम्पनीहरुमा फिर्ता पठाएको जनाएको छ।

यस्तै, ७६ वटा फाइलले बीमा भुक्तानीको मापदण्ड पूरा नगरेको साथै दोहोरो भुक्तानी माग भएको भन्दै रद्द गरिएको छ। समितिले तीन हजार ७९८ फाइलहरु प्रमाणिकरणको प्रक्रियामा रहेको जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्