रोनाल्डोको गोलमा युभेन्टस विजयी

लाेकपाटी न्यूज

काठमाडाैं। युभेन्टसले इटालियन सिरिया ‘ए’ अन्तर्गत गएराति सम्पन्न खेलमा बोलोग्नालाई २–१ गोलले पराजित गरेको छ। घरेलु मैदानमा भएको खेलमा स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो र मिरालेम पेनिकको गोलमा युभेन्टसले जीत हात पारेको हो।

रोनाल्डोले १९ औं मिनेटमा उत्कृष्ट गोल गर्दै युभेन्टसलाई १–० को अग्रता दिलाएका थिए। तर, २६ औं मिनेटमा ड्यानिलोले गोल गर्दै बोलोग्नालाई बराबरीमा फर्काए।

मध्यान्तरपछिको खेलमा युभेन्टसले थप १ गोल गर्‍यो। खेलको ५४ औं मिनेटमा पेनिकले गोल गर्दै युभेन्टसलाई २–१ को जित दिलाएका हुन्।

उक्त जितसँगै शीर्ष स्थानको युभेन्टसले अङ्क तालिकामा ४ अङ्कको स्पष्ट अग्रता लिएको छ। युभेन्टसले ८ खेलबाट २२ अङ्क जोड्दा एक खेल कम खेलेको इन्टर १८ अङ्कसहित दोस्रो स्थानमा छ।