काठमाडौं,२१ साउन। साताको तेस्रो दिन मंगलबार सेयर कारोबार मापन गर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ९ औं अंकको गिरावट आएको छ। नेप्से ९.३६ अंकले घटेर १ हजार २ सय ४३.७३ अंकमा पुगेको हो। नेप्से घटेको दिन सेन्सिटिभ इन्डेक्स पनि १.९१ अंकले घटेर २ सय ६९.१० अंकमा पुगेको छ।
मंगलबार बजारमा कारोबारमा आएका सबै (१२ वटा )समूहगत उपसुचक ओरालो लागेका छन्। नेप्से घटेको दिन कृषि विकास बैंकको कारोबार सबैभन्दा धेरै भयो। यस दिन कम्पनीको सेयर ८ करोड ५४ लाख ४१ हजार ३६८ रुपैयाँमा कारोबार भएको हो। त्यसैगरी जोशी हाइड्रो पावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाए।
यस दिन कम्पनीको सेयर २.७ प्रतिशतले बढेको हो। गुमाउनेमा भने सर्पोट माइक्रोफाइनान्स् रहेको छ।
कम्पनीका लगानीकर्ताले १० प्रतिशत सेयर मूल्य गुमाए।



लाेकपाटी न्यूज