पहिरोमा पुरिएर दुईको मृत्यु

pahiro
सांकेतिक तस्बिर
लाेकपाटी न्यूज

गुल्मी, ७ साउन। सत्यवती गाउँपालिका ३ को दाङसियामा पहिरोले पुरिएर दुई जनाको मृत्यु भएको छ। दुई जनाको उद्धार गरिएको छ ।

सोमबार राति खसेको पहिरोले घर भत्काउँदा ज्यान गएकाको परिचय खुलेको छैन।यस्तै, सत्यवती गाउँपालिकाको लिंघाको भिरकुनामा चार वटा घर पहिरोले पुरिएको सत्यवती गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिए।

रिडी रुद्रबेनी र वामी टक्टर सडकखण्ड अवरुद्ध भएकाले प्रभावित ठाउँमा पुग्न समस्या भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्