सर्लाही, १७ असार । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फुलजोड खोलाको पुलमा मंगलबार बिहान बस र ट्रक एक आपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन्।
ईश्वरपुर नगरपालिका १२ घारीबथानबाट सर्पले टोकेको बिरामी बोकेर लालबन्दी आँउदै गरेको बा ३ ख २०५४ नम्बरको बस र ना ५ ख ७७९५ नम्बरको ट्रकसँग ठोक्किँदा बसका चालक सर्लाही ईश्वरपुर नगरपालिका १२ घारीबथानका २४ वर्षीय माधव लाह्योको घटना स्थलमै ज्यान गएको हो।
बसमा सवार ४ जना र ट्रकमा सवार २ जना घाइते भएका छन्। उनीहरुको सर्लाहीको लालबन्दीमा रहेको विभिन्न अस्पातलमा उपचार भैइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।



लाेकपाटी न्यूज
