काठमाडौं, १४ असार । विश्वकप क्रिकेटमा आज शनिबार दुई खेल हुनेछन्। शनिबार पाकिस्तानले अफगानिस्तानसँग खेल्दा अस्ट्रेलिया र न्यूजिल्याण्ड भिड्दैछन्।
यस्तै, इङ्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले श्रीलंकालाई हराएको छ।यसअघि नै समूह चरणबाट बाहिरिने पक्का भइसकेको दक्षिण अफ्रिकाले शुक्रबार राति भएको खेलमा श्रीलंकालाई ९ विकेटले हरायो।
श्रीलंकाले दिएको २ सय ४ रनको सामान्य लक्ष्य दक्षिण अफ्रिकाले ३७ ओभर २ बलमा १ विकेट गुमाएर पुरा र्गयो।
उसका लागि कप्तान फाफ डु प्लेसिस र हसिम अमलाले १ सय ७५ रनको साझेदारी गरे। प्लेसिसले अविजित ९६ रन बनाउँदा अमलाले ८० रन जोडे।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ४९ ओभर ३ बलमा अलआउट हुँदै २ सय ३ रन बनाएको थियो।
श्रीलंकालाई सस्तैमा समेट्न दक्षिण अफ्रिकाका क्रिस मोरिस र ड्वेन प्रिटोरियोसले ३र३ विकेट लिए।
जितसँगै दक्षिण अफ्रिकाले ८ खेलबाट ५ अंक जोडेको छ । श्रीलंकाको भने ७ खेलबाट ६ अंक छ। यो हारसँगै श्रीलंकाको शीर्ष चारमा रहँदै विश्वकपको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ ।



लाेकपाटी न्यूज

