लोकसेवा आयोगलाई राजपाकाे दवाव

rajapa
लाेकपाटी न्यूज

काठमाडौं, २९ जेठ। राष्ट्रिय जनता पार्टी नेपालले लोकसेवा विज्ञापन तत्काल खारेज गर्न लोकसेवा आयोगलाई दवाव दिएको छ। स्थानीय तहमा कर्मचारी नियुक्तिका लागि खुलाइएको विज्ञापन तत्काल खारेज गर्न लोकसेवा आयोगलाई राजपाले दवाव दिएको हो।

राष्ट्रिय जनता पार्टी, नेपालका नेता अनिलकुमार झाले सो विज्ञापन तत्काल खारेज गर्न लोकसेवा आयोगसँग पनि आग्रह गरेका हुन्। सो विज्ञापन खारेज नगरे त्यसले सरकार, देश, व्यवस्था र मुलुकको अवस्था कसैलाई पनि फाईदा नगर्ने उनको भनाई छ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले समावेशी सिद्धान्तमा आधारित रहेर सो विज्ञापन पुनः खुलाउने आवश्यक व्यवस्था मिलाउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए। नेता झाले संविधानले जनजाति, दलित, मधेशी, महिला, पिछडिएका क्षेत्रलाई आरक्षणको व्यवस्था गरेपनि त्यसअनुसार सो विज्ञापन नखुलाइएकाले आफ्नो पार्टीले विरोध गर्नुपरेको पनि स्पष्ट पारे।

नेता झाले सरकारले राज्य व्यवस्था तथा सुशासन समिलिते दिएको अनुसार सो विज्ञापन खारेज गर्न पहल नगरेर बालहठ देखाएको आरोप पनि लगाए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्