लोकसेवा आयोगद्वारा विभिन्न पदका लागि दरखास्त आह्वान

Loksewa__BO8NwYZFSI
लोकपाटी न्यूज

काठमाडौं। लोकसेवा आयोगले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ। सहसचिव, उपसचिवदेखि अधिकृतसम्ममा दरखास्त आह्वान भएको हो ।

आयोगले आज एक सूचना जारी गर्दै निजामती सेवा, सङ्घीय संसद् सेवाका राजपत्राङ्कित प्रथम र द्धितिय श्रेणी, स्वास्थ्य सेवाका एघारौँ र नवौँ तह तथा राष्ट्रिय मानव अधिकार सेवाका अधिकृत पदको आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन खुला गरेको जानकारी दिएको छ। त्यसैगरी आयोगले विभिन्न पदमा ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनमा हुने बढुवा पनि खुला भएको जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्