काठमाडौं, २७ जेठ। युईएफए नेसन्स लिग फुटबलको उपाधि पोर्चुगलले जितेको छ। आइतबार राति भएको फाइनल खेलमा घरेलु टोली पोर्चुगलले नेदरल्यान्ड्सलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो।
गुन्जालो गुइडेसको गोलमा पोर्चुगलले उपाधि जित्न सफल भयो। दुवै टिमले पहिलो हाफसम्म गोलरहित बराबरी खेलेका थिए। पोर्चुगलले दबावमा खेलेपनि जित दर्ता गराउन सफल भए। पहिलो हाफमा बराबरी खेलेको पोर्चुगलले ६० औं मिनेटमा गोल गर्न सफल भयो । गुन्जालोको गोलबाट पोर्चुगलले अग्रता बनाएको थियो।
एक गोलको अग्रता बनाएसँगै पोर्चुगलले रक्षात्मक खेल खेलेको थियो। बाँकी समयसम्म नेदरल्यान्ड्सलाई १–० गोलको अवस्थामा रोक्दै पोर्चुगलले विजयी हात पारेको हो।



लाेकपाटी न्यूज

