फुटबलर मेस्सीलाई पीचीचीको उपाधि

lionel-messi
लाेकपाटी न्यूज

काठमाडौं, ६ जेठ। स्पेनिस ला लिगा फुटबल च्याम्पियन बार्सिलोनाका कप्तान लियोनल मेस्सीले पीचीची अवार्ड जितेका छन्।

आइतबार राति लिगको अन्तिम खेलमा दुई गोल गरेका मेस्सी सर्वाधिक गोलकर्ता बने। उनले यो सिजन मात्रै लिगमा ३६ गोल गर्न पुगे। अन्य लिगमा समेत गरेर मेस्सीले यो सिजन मात्रै क्लबकाल लागि ५०औं गोल गरेका छन्।

सर्वाधिक गोलकर्ता बनेर छैटौंपटक पीचीची अवार्ड हात पारेका मस्सीले आफ्नै क्लबका लुइस स्वारेज र रियल मड्रिडका स्ट्राइकर करिम बेन्जिमालाई पछि पारेका छन्। मेस्सीले ३६ गोल गर्दा १३ एसिष्ट गरेका छन्।

यता, सर्वाधिक गोल गर्ने खेलाडीको दोस्रो स्थानमा रहेका स्वारेजले २१ गोल गरेका छन्। त्यस्तै, तेस्रो स्थानमा रहेका रियलका बेन्जिमाले पनि २१ नै गोल गरेका छन्। सेल्टा भिगोका लगो आसपासले २० गोल गर्न सफल भए।