काठमाडौं, ४ जेठ। कालिमाटी तरकारी थोक बजारमा निरन्तर बढेको गोलभेंडाको भाउ आज घटेको छ। शनिबार मटर कोसा र च्याउ पनि सस्तो भएको छ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गोलभेंडा ७५ देखि ८०, मटरकोसा ५५ देखि ६० र च्याउ १३० देखि १४० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ। रातो आलु २५ देखि २७, गाँजर ४० देखि ४५, बन्दा १० देखि १५, स्थानीय काउली ५५ देखि ६० र भण्टा ४५ देखि ५० रुपैयाँ प्रतिकिलो कायम भएको छ । घिउसिमी र परवर ५५ देखि ६०, तिते करेला ५० देखि ५५, लौका ४० देखि ४५, चिचिण्डो ४५ देखि ५० र ताजा माछा २५० देखि २५५ रुपैयाँ प्रतिकिलो किनबेच भइरहेको समितिले जनाएको छ।
उपत्यकाका विभिन्न स्थानमा गोलभेडाको खुद्रा मूल्य प्रति केजी १ सय १५ रूपैयाँदेखि १ सय ४० रुपैयाँसम्म बिक्री भइरहेको थियो। नेपाली बजारमान एक महिनाको अन्तरालमा गोलभेंडाको मूल्य दोब्बरले वृद्धि भएपछि सामाजिक सञ्जालमा समेत यसको ट्रोल नै बनेको थियो।



लाेकपाटी न्यूज