काठमाडौं, १८ वैशाख। इन्डियन प्रिमियर लिग(आईपीएल) खेलिरहेका नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले नेपाली क्रिकेटको भविष्यप्रति चिन्ता व्यक्त गरेका छन् ।
सोमबार राति ट्वीट गर्दै सन्दीपले यो मध्यराति आफू नेपाली क्रिकेटका बारेमा सोचेर चिन्तित भएको बताएका छन्। ‘अहिले मध्यराति भएको छ । म हाम्रो नेपाली क्रिकेटको बारेमा सोचिरहेको थिएँ’ उनले लेखेका छन्, दुःख लाग्दो कुरा हामी निलम्बनमा छौं, तीन वर्ष भयो ।’
नेपाली क्रिकेटलाई राम्रो बनाउन हाम्रा लागि प्रतिवद्धता र इमान्दारीता अत्यावयक रहेको सन्दीपको भनाइ छ। नेपाल सरकारको आधिकारिक निकाय नेपाल क्रिकेट संघ (क्यान)लाई अन्तर्राष्ट्रिय क्रिक्रेट परिषद् ९आइसिसी० २०७३ बैशाखमा निलम्बन गरेको थियो ।
निलम्बन हटाउनका लागि विभिन्न प्रयास भए पनि अहिलेसम्म निलँकन फुकुवा हुन सकेको छैन् । क्यानभित्रै आपसी विवाद भएपछि आईसीसीले निलम्बन गरेको थियो ।



लाेकपाटी न्यूज

