बैशाख १७ देखि कालिगण्डकी महोत्सव

Mela01
लाेकपाटी न्यूज

गुल्मी,  ६ बैशाख । गुल्मी जिल्लाको सदरमुकामदेखि पूर्वी भेगमा पर्ने ग्रामीण क्षेत्रमा पहिलोपटक महोत्सव हुनेभएको छ।

कालिगण्डकी गाउँपालिकाको आयोजना तथा कालिगण्डकी युवा क्लव कालिगण्डकी गाउँपालिका चार को सहआयोजनामा यहि बैशाख १७ देखि २८ गते सम्म कालीगण्डकी गाउँपालिका वडा नम्बर ३ मा रहेको कनौउटामा महोत्सब संचालन हुन् लागेको हो।

बिहिबार पत्रकार सम्मेलन गरेर कालिगण्डकी गाउँपालिकाका अध्यक्ष बेद थापा मगरले कालिगण्डकी गाउँपालिकाभित्र रहेका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलको प्रचारप्रसार,संस्कृतिको संरक्षण र कृषि प्रबर्दन गर्ने मुख्य उदेश्यका साथ महोत्सब आयोजना गरिएको जानकारी दिए।

१२ दिन सम्म चल्ने महोत्सबमा एक सय भन्दा बढी स्टलहरु रहने र स्टलमा सम्पूर्ण दैनिक उपभोग्य सामानको साथमा लत्ताकपडा,भाँडाकुँडा,जुत्ता चप्पल, विभिन्न औजार ,मेसिन लगायतका सामानहरु उपलब्ध हुनेछ।

त्यस्तै बालबालिकाको मनोरन्जनको लागी बालउद्यानको साथमा कालिगण्डकीमा र्याफ्टिंगको मज्जा लिन सकिनेछ। महोत्सबमा चर्चित राष्ट्रिय कलाकार तथा स्थानीय कलाकारहरुको उपस्थितिमा बिशेष सांस्कृतिक कार्यक्रम रहनुका साथै स्थानीय प्रतिभाको उजागर गर्नको लागि गायन तथा नृत्य प्रतियोगिता संचालन हुनेछ।

महोत्सबमा एक लाख धन राशीको प्रथम कालिगण्डकी कप खुल्ला पुरुष भलिबल प्रतियोगिता संचालन हुनेछ। प्रतियोगितामा उपविजेता हुनेले नगद ५० हजार प्राप्त गर्नेछ। महोत्सवले यस क्षत्रको प्रचार प्रसार र पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने अपेक्षा गरियको छ।

महोत्सब गुल्मी ,पाल्पा ,स्याङ्जा ,बागलुङ र पर्वत गरि करिब एक लाख दर्शकले अबलोकन गर्ने र महोत्सबमा करिब एक करोंड बराबरको कारोबार हुने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्